
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई संक्रमण पुष्टि भएको छ । तीन दिनअघि ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
उनले आफू कोरोना भाइरस संक्रमित जनताको सेवा गर्दागर्दै संक्रमित हुन पुगेको बताएका छन् । कोरोनाबाट नगरबसीलाई बचाउनका लागि निरन्तररुपमा खटिरहँदा आफैं संक्रमित भएको बताए ।
आफूलाई कोरोना पुष्टि भएपछि मेयर श्रेष्ठले आफ्नो सम्पर्कमा रहेकाहरुलाई पनि सुरक्षित रहन र कोरोना परीक्षण गराउन अनुरोध
गरेका छन् ।













