
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेताहरुबीच राष्ट्रपतिलाई चिर्थोने कम्पिटिसन चलिरहेका बताएका छन् ।
संसद विघटन र संवैधानिक कार्यहरुमा राष्ट्रपतिको भुमिका निष्पक्ष नभएको भन्दै विपक्षी दलका नेताहरुले आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
शुक्रबार काठमाडौंमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलको आलोचना गर्ने प्रतिस्पर्धा नै भइरहेको बताएका हुन् ।
दुई पल्ट संसद विघटन र विभिन्न विधेयक जारी गर्ने कार्यमा प्रधानमन्त्रलाई राष्ट्रपतिले सघाएको विपक्षी दलहरुले आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको बचाउ गर्दै आएका छन् ।
“मैले एकपल्ट भनेको थिएँ रिसाएको बिरालोले खाँबो चिथोर्छ । राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चल्या छ”, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धन र पूर्वप्रधानमन्त्रीहरुलाई संकेत गर्दै राष्ट्रपतिलाई अपमान गर्ने प्रतिस्पर्धा चलिरहेको बताएका छन् ।











