
काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले गम्भिर खुलासा गर्दै सरकारप्रति आक्रोष पोखेकी छन् । विभिन्न मिडियाहरुसंग संवाद गर्दै निवर्तमान प्रधानमन्त्री कार्कीले बालेन शाह नेतृत्वको सरकारप्रति कडा आक्रोष पोखेकी हुन् । बालेन सरकारले पुराना दलप्रति प्रतिशोध साध्ने, सुकुमवासी, गरिबको उठिबास लगाउनेवाहेक कुनै पनि गतिलो काम नगरेको उनले बताएकी छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसमा त झन सरकारले ठुलो गल्ती गरेको कार्कीको भनाई छ । वरियताको एक नम्बरमा रहेकी न्यायाधीश सपना प्रधान मल्ल भन्दा कुनै पनि हालतमा बालेनले सिफारिस गरेका प्रधानन्यायाधिश माथि नरहेको बताइन् । पुराना दलको जस्तै विधि र प्रकृया मिच्ने काम नयाँहरुके सरकारले पनि गरेकाले यस्को मुल्य चुकाउनु पर्ने कार्कीको चेतावनी छ ।
उनले प्रशानमन्त्री शाहलाई आफुले भित्रि रुपमा राम्रोसंग चिन्दै नचिनेको समेत बताएकी छन् । बालेनसंग आफुले ७ चोटी भेटेको र १२ लाइनमा मात्रै संवाद भएको खुलाएकी छन् ।
यति मात्रै होइन पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीले आफुलाई प्रधानमन्त्री हुँदा बालेन समुहबाट आएर दिनकै हप्काउने काम भएको खुलासा गरेकी छन् ।
त्यो बेला आफुले जेनजीबाट सारै दुख पाएको उनले बताएकी छन् । आफुलाई ड्रोन खसालेर मार्छु भनेर धम्की दिने काम पनि भएको उनले बताएकी छन् । अन्तरवार्तामा उनले आफु बालेन र रविको पुजारी नभएको प्रष्ट पारेकी छन् । त्यस्तै आफु कुनै पनि पार्टीको पुजारी नभएर एक स्वतन्त्र न्यायाधीश भएको बताएकी छन् ।
“म कुनै बालेन, रविको पुजारी होइन् । न कुनै पार्टीको हो, मत न्यायाधीसश हो, सधै स्वतन्त्र भएर बसेको मान्छे हो”, उनले भनेकी छन् ।
सरकारका यस्तै गतिविधिले देश नचलने भन्दै कार्कीले सत्तामा रहेकाहरु सम्हालीएर जनताको पक्षमा काम गर्नु पर्ने बताएकी छन् ।












