कृषि मन्त्रीले गरिन कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि ‘टास्क फोर्स’ गठनबारे छलफल


काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बाँदरलगायत कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि ‘टास्क फोर्स’ ९प्राविधिक समिति० बनाउने विषयमा छलफल गरेकी छन् ।

खेतबारी, बस्ती र वन क्षेत्र वरिपरि बढ्दो बाँदर–मानव द्वन्द्वलाई व्यवस्थापनका लागि कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच टाक्स फोर्स गठनबारे विषयमा छलफल भएको हो ।

स्थानीय तहले कार्यान्वयन कसरी गर्ने, विज्ञ टोली छनोट, बजेट व्यवस्थापनलगायत विषयमा छलफल भएको हो ।

सो छलफलमा कृषि सचिव डा। राजेन्द्र मिश्र, सांसद सागर ढकाल, वन मन्त्रालयका सहसचिव लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार