माधव नेपाललाई ओलीको कटाक्षः ‘केही पतीत र बिग्रिएका मान्छेले पार्टी छोडेका हुन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहि बिग्रिएका मान्छेले एमाले छोडेको भन्दै माधव नेपालप्रति कटाक्ष गरेका छन् ।

शनिबार युथफोर्सले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालप्रति लक्षित गर्दै ‘केही मान्छे पतीत भएका हुन्, बिग्रिएका हुन् । बिग्रिएका केहि मान्छेले पार्टी छोडेका हुन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले फुटेको नभई अलिकति चोइटिएको बताए ।

एमालेबाट बिद्रोह गरेर माधव नेपालले नयां पार्टी ‘नेकपा एकीकृत समाजवादी’ खोलेपछि अध्यक्ष ओलीले त्यसलाई रुखका दुईचार पात खसेको संज्ञा दिएका छन् । ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन्, ओलीले भने ।

आफ्नो नेतृत्वको सरकारलाई षड्यन्त्रपूर्वक हटाइएको आरोप लगाउँदै अध्यक्ष ओलीले अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब किताब लिने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार