गजेन्द्र हमाल कांग्रेसको मान्छे हो, कांग्रेसकै कोटामा मन्त्री भए, चर्चाको कुनै तुक छैन्–प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालका बारेमा चलेको चर्चाको कुनै तुक नभएको बताएका छन् ।

सत्ता गठबन्धनको मुख्य घटकका रुपमा समेत रहेका अध्यक्ष प्रचण्डले आज बिहान भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंग सो कुरा बताउका छन् ।

‘हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नै छैन । त्यस्ता कुनै अनावश्यक चर्चाको केही तुक छैन’, प्रचण्डले भने ।

मन्त्री हमाल कांग्रेसी पृष्ठभूमि भएका हुनाले काँग्रेसले मन्त्री बनाएको प्रचण्डको भनाई छ । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार पर्छन् ।

हमाल संघीय संसद् सदस्य छैनन् । गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रावधान रहेको छ ।

‘उहाँ कांग्रेसको मान्छे हो । कांग्रेसको कोटामा मन्त्री हुनु भएको हो । त्यसैले यताको र उताको किन भनिरहने’, प्रचण्डले भने ।

गत वर्ष पहिलो पटक संसद् विघटन हुँदा ओलीले सेटिङ गरेको हुन सक्ने चर्चा चलेझैं अहिले कसैले त्यसैको सिको गरेर सेटिङ भन्न थालेको हुन सक्ने उनले बताए । मन्त्री भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि अहिले यो बिषय चर्चामा छ ।

यो भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार