धानबाली नष्ट भएका किसानलाई राहत दिन प्रचण्डको सरकारसँग माग


काठमाडौं । वर्षाका कारण धानबाली नष्ट भएका किसानलाई राहत दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग माग गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन माग गरेका हुन्।

बुधबार जारी विज्ञप्तिमा  लेखेका छन्, ‘धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ । बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु।’

विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

‘बाढीपहिरोमा परी बेपत्ता हुनभएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा विशेष आग्रह गर्दछु,’  उनले भनेका छन्।

प्रचण्डले बाढी, पहिरोमा फसेकाहरूको उद्दार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार