बाढीपीडित किसानलाई राहत दिन सरकारसँग एकिकृत समाजबादीको माग


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिन सरकारसँग माग गरेको छ । बुधबार एक बक्तव्य जारी गर्दै धानबालीमा क्षति पुगेका किसानलाई राहत दिन माग गरेको हो ।

प्रवक्ता जगनाथ खतिवडाद्धारा जारी बक्तव्यमा अविरल वर्षाका कारण संकटमा परेकाहरुको उद्धारमा परिचालित हुन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ ।

साथै बाढी, पहिरो र सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि समेत व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार