
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसकाबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा फेरी कोरोना संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । कोराना संक्रमणको जोखिम अझै कायमै रहेकाले सतर्कता अपनाउन मन्त्रालयले सबैमा अनुरोध छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न मन्त्रालयले विज्ञप्तिमार्फत सबैमा आग्रह गरेको छ ।
मन्त्रालयकी प्रवक्ता डा। संगीता कौशल मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन समेत आग्रह गरेकी छिन् ।
भारतमा कोरोनाको चौथो लहरको संकेत देखिएको र त्यसको असर उत्तर प्रदेसमा देखिन थालेको छ । हल भारतमा एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको संचारमाध्यमहरुले जनाएका छन् ।
जारि विज्ञप्ति पनि पढ्नुहोस











