महंगीले भान्साबाट विद्रोह हुने स्थिती छ, सरकारले तत्काल नियन्त्रण गरोस- प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महंगी नियन्त्रणका लागि सरकरले ध्यान दिनु पर्ने बताएका छन ।
प्रतिनिधिसभाको बैठकमा आज बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनता महंगीको मारमा नराम्रोसंग पिल्सीरहेकाले सरकारले तत्काल नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

महंगीले आजित भएका जनताहरु भान्साबाटै विद्रोह गर्ने हुन भन्ने लागिरहेको उनको भनाई छ। इन्धन, ग्यास, खाने तेल लगायतमा भएको मुल्यवृद्धिले जनता निकै मारमा परेकाले यसलाई नियन्त्रण गरी जनताको जनजिविका सहज गर्नतर्फ सरकारले तत्काल ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष प्रचण्डले इन्धन लगायतमा बढाएको कर कटौती गरेर भएपनि जनतालाई राहात दिन सरकारलाई सुझाव समेत दिएक छन् ।
सरकारले केहि दिनअघि मात्रै इन्धनमा प्रतिलिटर रु १० र खाना पकाउने ग्यासमा रु २ सय बढाएको थियो ।
जसलाई फिर्ता लिन जनस्तरबाट सरकारलाई दवाब दिइरहेका छन् ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार