
काठमाडौं । दोलखा प्रदेश सभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेस उम्मेदवार कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका काफ्लेले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
मत परिणामअनुसार काफ्लेले २३ हजार २३१ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरे ।










