
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्वको महाभियोग प्रस्तावबारे आगामी संसदले छलफल गर्ने बताएका छन ।
मन्त्री कार्कीले आज मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै जबराविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेकाले त्यसबारे आगामी संसदले छलफल गर्ने बताएका हुन ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारीमा सम्हाली रहेका मन्त्री कार्कीले आगामी प्रतिनिधिसभामा जबराविरुद्वको महाभियोग प्रस्तावमाथि छलफल हुने बताए।
तर, आजै दिउँसो संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई निलम्बन फुकुवाको पत्र दिएपछि यो बिषय एक्कासी चर्चामा आएको छ ।
जबरालाई दिइएको निलम्बन फुकुवाको पत्र षड्यन्त्रमुलक र कानुन विपरीत भएको भन्दै अहिले सर्वोच्च अदालत अगाडी नेपाल बार एसोसिएसन पदाधिकारी र अधिवक्ताहरुले धर्ना दिइरहेका छन् । निलम्वन फुकुवा भएसंगै जबरा सर्वोच्च आउने तयारी रहेको भन्दै उनलाई रोक्न सर्वोच्च गेटमा धर्ना दिइरहेको बारले जनाएको छ ।
‘










