माधव नेपाल र उपेन्द्र यादव प्रचण्डलाई विश्वासको मत दिन तयार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा विश्वासको मत दिन नेकपा एकीकृत समाजवादीका र जनता समाजवादी पार्टी तयार भएका छन् । आज बिहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीचको छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले अफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए । प्रचण्डको आग्रहअनुसार नेपाल र यादव मत दिन तयार भएका हुन् । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । उनिहरुले प्रचण्डलाई विश्वसको मत दिने तर त्यसको सट्टामा केही सर्त राखेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार