प्रदेश २ को अर्को लोकप्रिय कार्यक्रम, दलित छात्राका लागि छात्रबास निमार्ण

लहान । ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ तथा छोरीको लागि जीवन बीमा जस्ता लोकप्रिय कार्यक्रम संचालन गरेको २ नम्बर प्रदेशले फेरी नयाँ कार्यक्रम घोषणा गरेको छ । प्रदेश सरकारले २ नम्बर प्रदेशमा पर्ने आठवटै जिल्लामा दलित छात्राका लागि छात्रबास निमार्ण गर्ने कार्यक्रम घोषणा गरेको हो ।

दलित समुदायका छोरीलाई उच्च शिक्षातर्फ आकर्षित गर्न उक्त अभियान संचालन गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका क्याम्पस र विद्यालयमा अध्ययनरत दलित छात्राहरुका लागि आवास निमार्ण  गर्ने अभियान चलाएको हो ।

प्रदेश सरकारले सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पस, राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, सर्लाही क्याम्पस मलङ्गवा, बाराको कलैयाँको राष्ट्रिय माध्यमिक विद्यालय सिस्वा मोहनपुर र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको जग्गामा दलित छात्रावास निर्माण गर्न लागेको प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले भौतिक विकास कार्यालयको नाममा पठाएको पत्रमा जनाएको छ ।

पत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’सहितको राष्ट्रिय अवधारणालाई सफलीभूत पार्न र शिक्षा विकासलाई संवेदशील विषयका रुपमा लिँदै चालू आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश २ का आठवटै जिल्लामा दलित छात्रावास निर्माण शुरु गरिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार