सभामुखमा उम्मेदवारी दिने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बिहान सभापति शेरबहादुर देवाको निवास धुम्बाराहीमा बसेको नेपाली काँग्रेसको पदाधिकारी बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

तर उम्मेदवार को लाई पठाउने भने टुंगो भने लागेको छैन । उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने बताइएको छ । महिला पुरुष मिलाउनुपर्ने भएकाले पनि अन्य दलहरुसँग छलफल गरेर मात्रै उम्मेदवार टुंगो लगाउने एक नेताले जनाएका छन् ।

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान भने बिहीबार मात्रै हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार