
काठमाडौं । आज नयाँ वर्ष विक्रम सम्वत २०८० हर्षोल्लासका साथ मनाइदै छ । नयाँ वर्षको अवसरमा देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदाप्रदान गर्दै मनाइरहेका छन् ।
नयाँ वर्षको अवसरमा आज सार्वजनिक बिदा समे दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । ने











