श्रीच्छा प्रधान बनिन् मिस नेपाल–२०२३ विजेता


काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। आज ललितपुरको गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूलाई छिन्दै प्रधानले उपाधि जित्दै मिस नेपालको ताज हिरेकी हुन्। उनलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी थिइन् ।

मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा हुन् । २३ वर्षिया प्रधानले वातावरण विज्ञानमा स्नातक अध्ययनरत छिन् ।
यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन्।

यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन्। उनी कमर्सियल पाइलट हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार