सदनको गतिरोध अन्त्य गर्न राष्ट्रपतिद्धारा सभामुख र अध्यक्षको ध्यानाकर्षण


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।
आज बिहान राष्ट्रपति पौडेललाई भेट्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए । उक्त भेटमा राष्ट्रपति पौडेलले सदनको गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका हुन् ।

संसदमा रहेका सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले घिमिरे र तिमिल्सिनाको ध्यानाकर्षण गरेका छन् ।
जवाफमा घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदन खुलाउन गरेको पहलका बिषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

सभामुख घिमिरेले राष्ट्रपतिलाई अविभावकको नाताले संसदको अवरोध हटाउन पहल गरिदिन आग्रह गरेका थिए । भेटमा राष्ट्रपति पौडेलले सभामुख रअध्यक्षलाई सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको दुवै सदनमा अवरोध गर्दै बैठकलाई कार्यसूचीमा समेत प्रवेश गर्न दिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार