काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आन्दोलनकारीलाई अब संयमित हुन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिइपछि बालेनले आन्दोलित जेनजीहरुलाई तोडफोड, आगजनी नगरी संयमित हुन आग्रह गरेका हुन् ।

बालेनले फेसबुक स्टाटसमा लेख्दै भनेका छन्, ‘तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला । देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।’

आन्दोलकारी सामु प्रधानमन्त्री ओली ४८ घण्टामा पनि टिक्न नसकेपछि पदबाट राजीनामा दिएका हुन् ।
यता आन्दोलनकारीहरुले संसद भवन, सिंहदरवार र सर्वोच्च अदालतमा तोडफोडसहित आगजनी गरेका छन् । सयौं सवारी साधन तोडफोड भएका छन् । नेताहरुका निजि निवास आन्दोलनकारीहरुले जलाइदिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार