
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेले संसदमा आफ्नो कुरा राख्न पाउनु पर्ने बताए । आज नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफुमाथि लागेका आरोपबारे गृहमन्त्री लामिछानेले संसदमा बोल्न पाउनुपर्ने बताएका हुन् । काँगेस गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएर अलोकतान्त्रिक चरित्र देखाएको ओलीले टिप्पणी पनि गरे ।
उनले सत्ताका लागि जे पनि गर्ने भएकाले कांग्रेस लोकतान्त्रिक पार्टी नै नभएको पनि बताए । कांग्रेस सत्ता स्वार्थमा डुबेर अहिलेको गठबन्धन फुटाउनमा लागेकोको समेत ओलीको भनाई छ ।
काँग्रेसले गृहमन्त्री लामिछानेलाई सहकारीकाण्डको आरोप लगाउने तर त्यसको जवाफ दिन नदिने गर्नाले अलोकतान्त्रिक बन्दै गएको अध्यक्ष ओलीले बताए ।
सहकारीकाण्डमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको भन्दै उनिमाथि संसदीय छानबिन समिति गठन गरेर अनुसंन्धान हुनुपर्ने काँग्रेसले भन्दै आएको छ । रविविरुद्ध छानविन समिति नबनेसम्म संसद पनि चल्न नदिने अडान काँग्रेसको छ ।










