‘बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतलाई तिव्रता दिउँ’


काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अविरल वर्षापछि आएको बाढी र पहिरोले प्रभावित बनाएको क्षेत्रमा उद्धार र राहातको कार्यमा सकृय हुन निर्देश्न दिएका छन् ।

शुक्रबार रातीदेखि परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले प्रभावित गरेको क्षेत्रमा उद्धार र राहातको कार्यमा सकृय हुन प्रधानमन्त्री प्रचण्डले निर्देश्न दिएका हुन् ।

बाढी र पहिरोका कारण ठुलो धनजनको क्षती भएको प्रति उनले गहिरो दुख ब्यक्त गरेका छन् ।
प्रभावित क्षेत्रको सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन् ।

सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको भन्दै उनले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिलसमेत गरेका छन् ।

प्रधानमन्त्रीको अपिल पढौं

अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशित गर्दछु।
यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको छ। यस सन्दर्भमा सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु। सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग हार्दिक अपील गर्दछु।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार