
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।
आज बिहान काठमाडौँ महानगरपालिकाको टोली महाराजगंजस्थित पूर्वराजाको निवास निर्मल निवास पत्र बुझाउन गेटमा पुगेको थियो । तर उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको छ।
शुक्रबार तिनकुनेमा राजावादीहरुको प्रर्दशनले सडकमा जताततै फोहोर, तोडफोड, आगजनी गरेको भन्दै महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिबाना तोकेको थियो।
राजावादीहरुले तिनकुनेमा राजतन्त्र र हिन्दूराष्ट्र नाममा हिंसात्मक आन्दोलन गर्दा दुईजनाको ज्यान समेत गएके थियो । राजावादी प्रर्दशनकारीले तिनकुनेको उत्तरपट्टी रहेको भवनमा आगो लगाउँदा त्यहा रहेका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । राजावादी प्रर्दशनकारीहरुले त्यस वरपरका घर, पसलमा आगजनी, तोडफोड र लुटपाट समेत गरेका थिए ।







