भरतपुर महानगरमा आज राती १२ बजेदेखि मतगणना सुरु हुँदै

चितवन । स्थानिय तह निर्वाचनमा देशकै चर्चित पालिका चितवनको भरतपुर महानगरमा आज राती १२ बजेदेखि मतगणना सुरु हुन भएको छ । मतगणना सुरु गर्नु अघि राती ९ बजे सर्वदलीय बैठक बस्ने बताइएको छ। विभिन्न मतदान केन्द्रका सम्पुर्ण मत पेटीका संकलन भएपछि मात्रै सर्वदलीय बैठक बस्ने निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

भरतपुरको मेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रेनु दाहाल र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । उद्यपी माओवादी र काँग्रेस मिलेर बनेको गठबन्धन एमालेका लागि निकै भारी हुने देखिन्छ । काँग्रेसबाट मेयरमा बागी उम्मेदवार उठेका जगन्नाथ पौडेल गठबन्धनको मत खोस्न सक्ने छन् ।

मतगणनाका लागि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा ब्यवस्था गरिएको छ। मतगणना स्थलको सुरक्षाका लागि तारजाली र सीसीटीभी लगाइएको निवचन कर्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार