मलको अभाव छैन, झन्डै डेढ लाख मेट्रिक टन मौज्दात छ– कृषि मन्त्रालय

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक लाख ४४ हजार ८०३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि विकास महाशाखा प्रमुख सहसचिव डा। रामकृष्ण श्रेष्ठले मलको अभाव नरहेको र झन्डै डेढ लाख मेट्रिक टन मौज्दात रहेको जानकरी दिएका हुन् ।

इजरायल–इरान–अमेरिकाबीचको युद्धका कारण मल आउन ढिलाइ भएपनि हाललाई किसानलाई पुग्ने गरि मल मौज्दात रहेको उनको भनाई छ ।
पश्चिम एसियामा जारी द्वन्द्वका कारण ‘टेन्डर’ भइसकेको मल आउन ढिलाइ भएको र स्ट्रेट अफ होर्मुज मा रहेको अवरोध खुल्ने बित्तिकै टेन्डर गरिएको चार लाख ९१ हजार मेट्रिक टन मल आउने महाशाखा प्रमुख डा. श्रेष्ठले बताए ।
युद्धका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको समेत उनले बताए ।

पत्रकार सम्मेलनमार्फत मन्त्रालयले किसानहरुलाई रसायनिक मल मात्र भई प्राङ्गारिक मलको उपयोग गर्न सुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार