बालेनविरुद्ध प्रतिपक्षको मोर्चाबन्दी, संसदमा माफी नमागेसम्म संसद चल्न नदिने


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसदमा भारतसंगको सीमासम्बन्धी दिएको अभिव्यक्तिबारे प्रतिपक्ष दलहरुले मोर्चा कसेका छन् ।
सिंहदरवारमा आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनेर दिएको अभिव्यक्तिबारे संसदमा आएर माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्रीले सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष समेत निकालेको छ । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद्‌बाटै माफी माग्नुपर्ने मुख्य माग पनि राखेका छन् । यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने निष्कर्ष निकालेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार