विश्व मृगौला दिवसः मृगौला खराब भइरहेका संकेतहरु थाहा पाउनुहोस

काठमाडौं । आज विश्व मृगौला दिवस । हरेक बर्ष मार्च १० तारीखका दिन विश्व मृगौला दिवस मनाइन्छ । नेपालमा पनि पछिल्ला केहि बर्ष यता मृगौला रोगीको संख्या बढिरहेको देखिन्छ । नेतादेखि सर्वसाधारण, मजदुरसम्मलाई यस रोगले सताएको देखिन्छ । यो आफैमा सरुवा रोग होइन तर हाम्रो जिवनशली र आहार ब्यहारले मृगौला रोग लाग्ने चिकित्सकहरु बताउँछन् ।

बिस्तारै भित्रभित्रै मृगौला कसरी खराब भइरहेको हुन्छ भन्नेबारे केहि लक्षण र त्यसका कारणहरुबारे चर्चा गरिरहेका छौं ।
मृगौला रोगका सुरुवाती चरणका लक्षण केहि यस्ता हुन्छन जो हामीलाई सामान्य लाग्छन् । मृगौला रोगका सुरुवाती लक्षणहरु यस्ता हुन सक्छन, जो बढ्दै गइरहेका हुन सक्छन् ।

मृगौला रोगका सुरुवाती लक्षणहरुः
बान्ता आउनु
भोक कम लाग्नु
थकान र कमजोरी महशुस
निन्द्रा कम लाग्नु
मांसपेशिहरुमा ऐठन हुनु
खुट्टा सुन्निनु
अनुहारको छाला सुख्खा हुनु
हाई ब्लडप्रेशर आदि ।
मृगौला रोगका लक्षण र अन्य रोगका लक्षणहरु एकैनासका पनि हुन सक्ने भएकाले यि लक्षणहरु देखिने बित्तिकै आत्तिनु हुँदैन् । अन्य रोग र मृगौला रोगका लक्षणहरु मिल्दाजुल्दा हुने भउकाले पनि मृगौला रोग बढि रहेको देखिन्छ । तर, यस्ता लक्षण देखिने बित्तकै नआत्तिकन सम्बन्धित चिकित्सकलाई देखाउनु पर्दछ ।

मृगौला रोग लाग्नुको केहि कारणहरु :
उच्च रक्तचाप
पॉलीसिस्टिक मृगौला रोग
आनुवांशिक मृगौला रोग
मृगौलाको पथ्थरीको समस्या
मृगौलालाई फिल्टर गर्ने कंपोनेंट सुन्निनु वा ग्लोमेरुलोनेफ्राइटिस हुनु
मृगौलाका नलि र त्यसको आसपास सुन्निनु वा इंटरस्टीशियल नेफ्रैटिस हुनु
मृगौला संक्रमण वा पाइलोनफ्राइटिस हुनु, आदि ।

माथि उल्लेखित लक्षणहरु देखिएमा नआत्तिकन सम्बन्धित चिकित्ससंग सल्लाह लिनुपर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार