प्रधानमान्त्री शाहले उठाए शक्तिशाली राष्ट्रहरुमाथि गम्भिर प्रश्न


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै शक्तिशाली राष्ट्रहरुमाथि ठुलो प्रश्न उठाएका छन् । आज बिहान महासभालाई सम्बोधन गर्दै उनले विश्वमा भइरहेका युद्धहरुलाई लक्षित गर्दै किसानका उठाएका छन् ।

प्रधानमन्त्री शाहले विश्वको आपूर्ति प्रणालीप्रति प्रश्न उठाउँदै युद्धका सामग्री सहजै सीमापार पुग्ने तर किसानले पैसा तिर्न तयार हुँदासमेत मल र इन्धन नपाउने अवस्था रहेको बताएका छन् ।

“हामीले युद्धका लागि निर्दोष ढुवानी प्रणाली र खानाका लागि अस्तव्यस्त ढुवानी प्रणाली भएको विश्व बनाएका छौँ, ७२ घण्टामा हतियार संसारको जुनसुकै ठाउँमा पुर्‍याउन सक्ने विश्वले किसानलाई आवश्यक सामग्री उपलब्ध गराउन नसक्नु दुखद विषय हो”, उनले भने ।
विश्वमा भइरहेका युद्धहरुमा अमेरिका जोडिएको छ । अमेरिकाको न्युयोर्कमै जारि महासभामा देशभरीका सरकार प्रमुख, राष्ट्र प्रमुखहरुको उपस्थितीमा उनले राखेको यो विषय महत्वपुर्ण छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार