आजदेखि २५ सिट भन्दा माथिका सार्वजनिक यातायात जोरबिजोरमा चल्दै

काठमाडौं । आजदेखि २५ सिट भएका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन भइरहेका छन् । सोमबार बसेको उपत्यकाका तिनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजदेखि २५ सिट भन्दा माथि क्षमता भएका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेका थिए ।

सार्वजनिक सवारी साधनहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न उपत्यकाका प्रजिअहरुले स्वीकृति दिइएका छन् ।
निषेधाज्ञा बिस्तारै खुकुलो बनेपछि सार्वजनिक यातायात संचालन गर्न दिइएको हो ।

प्रशासनका अनुसार संचालन भएका सवारी साधनहरुमा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम गर्नुपर्नेछ ।

त्यस्तै चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने समेत प्रशासनले भनेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्थानिय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा असार २१ गतेसम्म लम्बाइएको छ ।
नागरिकको दैनिकी र देशको अर्थतन्त्र थप बिग्रन नदिन निषेधाज्ञा खुकुलो पारे पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले घरबाहिर निस्कदा राम्ररी मास्क र स्यानिटाइजर लगाउनुका साथै भौतिह दुरी कायम गर्न समेत प्रशासनले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार