प्रधानमन्त्री उहि कालो ड्रेसमा उडे अमेरिका, बिदाइमा गृहमन्त्री र पयर्टनमन्त्री पुगे एयरपोर्ट

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको बिदाइमा गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री गणेन पौडेल एयरपोर्ट पुगेका छन् ।
प्रधानमन्त्रीको बिदाइमा गरिदै आएको तामझाम प्रोटोकललाई बालेनले तोड्ने भन्दै नत सलामी, नत रातोकार्पेट, नत कोहि मन्त्री, कर्मचारीलाई डाकिएको थियो । तर, गृहमन्त्री र पयर्टनमन्त्री भने एयरपोर्टमा पुगेर बिदाइ गरेका छन् ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज बेलुका ७ बजे पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् ।

कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले प्रधानमन्त्रीको स्वागत गर्ने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन् ।

असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री शाह यही असोज १० गते (२६ सेप्टेम्बर) स्वदेश फर्किनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार