राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले प्रष्ट भनेः भोटेकोशी बाढी हाम्रो कारणले आएको होइन, नेपाललाई न्याय चाहिन्छ

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहले भदौं दश गते आएको भोटेकोशी–त्रिशूली विनाशकारी बाढी नेपालको ननिम्त्याएको बताएका छन् ।
विनाशकारी बाढीका कारण नेपालले ठूलो जनधनको क्षति बेहोरेको समेत उनले विश्वलाई जानकारी गराउका छन् । तर यी सबै समस्या नेपालका कारण नभएर विश्‍वव्यापी जलवायु परिवर्तका कारण सिर्जना भएको उनले विश्वलाई प्रष्ट बताए ।

नेपालमा बाढी आउनुमा आफुहरुले कुनै पनि देशलाई दोष नलगाउने र त्यस मुद्दालाई भूराजनीतिको विषय बनाउने उद्देश्‍य नेपालको नरहेको पनि उनले स्पष्ट गरे । प्रधानमन्त्री शाहले हिमाल र पर्यावरण संरक्षणका लागि सहकार्य गर्न विश्वलाई आग्रह पनि गरे ।

विपद्पछि नेपालमा सिर्जना भएको चुनौतीपूर्ण अवस्थामा सहयोग गर्न पनि उनले विश्‍व समुदायलाई आग्रह गरेका छन् । ।

हिमनदी पग्लिने, पर्माफ्रस्ट अस्थिर हुने र हिमपहिरो, बाढी तथा पहिरोको जोखिम बढिरहेको भन्दै उनले जलवायु संकट सीमाविहीन भएकाले नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक समेत रहेको बताए । उनले तीन देशको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र गठन गरी तथ्यांक र विशेषज्ञता आदानप्रदान, हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र सीमापार विपद् सहयोग अघि बढाउन प्रस्ताव समेत गरे ।

प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा भोटेकोशी–त्रिशूली विपत्तिलाई नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको समेत बताए ।
“जलवायु परिवर्तनले सीमा चिन्दैन । हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्”, उनले भने ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार