लालबन्दीमा आज्ञात समूहको गोली लागेर एक घाइते

काठमाडौं । सर्लाहीको लालबन्दीमा अज्ञात समूहको गोली लागि एक जना घाईते भएका छन् । घाइते हुनेमा लालबन्दी नगरपालिका १ का ३० वर्षीय जयनाथ महताे रहेका छन् ।

उनको दाहिने हातमा चोट लागेको छ । घाइते महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो मोटरसाइकलमा आएको दुई जनाको टोलीले मन्दिर निर्माणमा महतोमाथि गोली प्रहार गरेको बताइएको छ । उनलाई गोली हान्ने समूह माटरसाइकमा जगलतर्फ भोगको छ ।

गोली कस्ले र किन हानेको हो भन्ने बारे खुल्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार