बटवल । रुपन्देहीमा गोली हानेर अज्ञात समुद्धारा ४ लाख ६३ हजार लुटिएको छ । गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी रेशमकुमारी मल्लबाट उक्त रकम लुटिएको हो ।
मोटरसाइकलमा आएका व्यक्तिले उनले बैंकबाट निकालेको रकम गोली चलाएर लुटेको प्रहरीले जनाएको छ ।
उक्त रकम मल्लको २ लाख र बाँकी समितिको रहेको खुलेको छ ।
मोटरसाइकलमा आएका दुई जनाको समूहले उनलाई उनलाई गोली हानेर रकम लुटेको बताइएको छ ।










