अछाम । जंगलमा पाइने निउरो साग खाँदा अछाममा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको निउरोको साग खाँदा आईतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीका अनुसार मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा मृत्यु भएको हो।
शुक्रबार निउरोको साग खाने बित्तकै बान्ता हुने लगाएतको समस्या देखिएपछि उनिहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो ।










