यौनधन्दामा संलग्नहरु ठुलो संख्यामा रंगेहात पक्राउ

काठमाडौं । यौनधन्दामा संलग्न करिब एकसय जनालाई चितवनका विभिन्न होलहरुबाट रंगेहात पक्राउ गरिएको छ । सोमबार चितवनको नारायणगढ, टाँडी, रामनगर, भरतपुर लगायतका क्षेत्रमा रहेका होटलहरुमा प्रहरीले छापा मार्दा आपत्तीजनक अवस्थामा महिला र पुरुषगरी ९९ जना प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनमा विभिन्न होटलहरुमा अवैधरुपमा यौनधन्दा भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये ४३ जना महिला, ४२ पुरुष र १२ जना होटल सञ्चालक रहेका छन् । पक्राउ परेकाहरुलाई कानून अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ । नेपाली समाजमा अवैधरुपमा गरिने यौनजन्य कृयाकलापलाई अस्विकार गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार