काठमाडौं । घुस लिएको आरोपमा इन्जिनियरसहित ३ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियरसहित अन्य ३ जना कर्मचारी रहेका छन् ।
त्यसैगरी जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह, डिभिजन इन्जिनियर प्रकाश अधिकारी र सवारी चालक सुमन खड्का १४ लाख रहमसहित समातिएका छन् ।
उनीहरुलाएै अख्तियार दरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उपभोक्ता समितिहरु तथा अन्य कम्पनीहरूसँग घुस रकम लिएर बा १ झ ५२८० नम्बरको सरकारी गाडिमा काठमाडौं आउँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
रहम लिएर काठमाडौं आइदै गर्दा भक्तपुरको जगातीमा गाडी रोकेर छापा मार्दा उनीहरुको साथबाट नगद पनि वरामत गरिएको छ । सिनियर डिभिजन इन्जिनियर अधिकारीको साथबाट १३ लाख ८ हजार ५ सय र सोही गाडिमा रहेका इन्जिनियर साहको साथबाट १ लाख २९ एक सय पाँच शंकास्पद नगद फेला परेको हो ।
प्रहरीले गाडी चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।









