
रौतहट । काँग्रेसका निलम्बित सांसद मोहम्मद आफ्ताब आलमलाई ८ दिन थप थुनामा राखी अनुसंन्धान गर्न अदालतले आदेश गरेको छ ।
रौतहटको राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का निर्वाचित सांसद् हुन ।
पूर्व मन्त्री समेत रहेका आलमलाई पक्राउपछि अनुसन्धानका लागि प्रहरीलाई अदालतले यसअघि असोज २८ मा एक साता म्याद दिएको थियो । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट लगिएको छ ।
थपिएको उक्त म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले शुक्रबार थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले थप ८ दिन अनुसंन्धानका लागि समय दिएको हो । सांसद आलमले २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको आरोपमा आलमलाई गत असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो ।











