काठमाडौं । सरकारले इन्धनको मुल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २ रुपैंया घटाएको हो । यो मुल्य आज (मंगलबार) दिउँसो १२ बजेदेखि नै लागु भएको छ ।
भारतबाट आउने पेट्रोलियम पाइपलाइन उद्घाटनसंगै निगमले इन्धनको मूल्य घटाएको हो ।
नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।










