
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा ३० करोड लागतमा अर्को नयां सरकारी निवास बनाउँदै छन् । उनले बिहीवार उक्त भवनको शिलान्यास गरेका छन् ।
साविककै प्रधानमन्त्री निवास रहेको ठाउँमा अत्याधुनिक नयाँ भवनलाई नौ महिनामा बनाइसक्ने बताइएको छ । पुुरानो भवन राज्य सञ्चालनका लागि उपयुक्त नभएकोले पनि नयाँ भवनको आवश्यकता परेको प्रधानमन्त्री ओलीले बताए ।
“देशको शासन, प्रशासन, विकास निर्माण परामर्श, कुटनीति सम्बन्धलाई प्रभावकारी बनाउनका लागि पनि अत्याधुनिक भवनको आवश्यकता थियो’ प्रधानमन्त्री ओलीले भने, ‘अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पुरा गर्नेछ ।”











