
काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई सर्वस्वीकार्य बनाउन नसक्नु दुईतिहाइ सरकारको असफता भएको बताएका छन् ।
प्रतिनिधि सभाको विहीबार बसेको बैठकमा बोल्दै सभापति देउवाले संविधानप्रती असन्तुष्टी राख्नेहरुलाइ सहमतीमा ल्याई सर्वमान्य संविधान बनाउन सरकारले चासो समेत नदिएको उनको आरोप छ ।
दुई तिहाईको सरकारले संविधान संशोधन गरेर पनि संविधानलाई सर्वस्वीकार्य बनाउन सक्नु पथ्र्यो नेता देउवाले भने, सम्पुर्ण जनताको अपनत्व कायम गर्न र संविधानको बाँकी कार्यभार पूरा गर्न सरकार असफल भयो ।
बर्तमान सरकार एकपछि अर्को संविधान विपरितका कार्य गर्न उद्यत रहेको समेत देउवाले आरोप लगाए । संघ, प्रदेश र स्थानिय तहबीच अधिकारको बाँडफाँड गर्ने र संघीयताका आधारमा राज्यव्यवस्था संचालन गर्ने संविधानको भावना विपरित सरकार अधिकारको केन्द्रीकरण गरी व्यक्तिलाई सर्वशक्तिमान बनाउने काममा लागेको समेत देउवाले बताए ।
सरकार गठन भएदेखि नै जनतामा शान्ती सुरक्षा नभएको र आतंक सृजना गरेको देउवाको भनाई छ । संविधानले ब्यवस्था गरे अनुसार शान्तीपुर्ण ढंगले बोल्न पाउने, सभा गर्न पाउने अधिकारमाथि आक्रमण भएको भन्दै उनले आक्रोष पोखे ।
आफ्ना पार्टी कार्यकर्तामाथि सत्तापक्षका कार्यकर्ताले आक्रमण गरी हात भाँचि दिएको घटनाप्रती देउवाले दोसीलाई कारवाही गराउन पनि संसद अवरुद्ध गर्नु परेको उल्लेख गरे ।
सरकार र सत्तापक्षका गलत गतिविधि नरोकिए लामो समयसम्म संसद बन्द गर्ने चेतावनी दिए । जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सृजना गर्न खोजेको उनको आरोप छ ।
सभापति देउवाले कंचनपुरकी वालिका निर्मला पन्तको हत्यारालाई अहिलेसम्म पनि सरकारले पत्ता लगाउन नसकेको भन्दै बिरोध गरे ।
प्रधानमन्त्री केपी ओलीले भ्रस्टाचारमा शुन्य सहनशीलताको नारा दिएपनि नेपालको इतिहासमा सबैभन्दा बढी भ्रस्टाचारको घटना उनकै पालामा भएको देउवाले दावी गरे ।
“यो सरकारको डेढ बर्षेअविधमा वाइड बडी, न्यारो बडी जहाज प्रकरण, सुन प्रकरण, बालुवाटार जग्गा प्रकरण यसका उदाहरण हुन्”, देउवाले भने।








