संविधान दिवस मनाइदै, असन्तुष्टी कायमै (भिडियोसहित)


काठमाडौं । आज संविधान दिवस मनाइदैछ । संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झानामा यो दिवस मनाइन लागेको हो । नेपालको नयां संविधान २०७२ असोज ३ गते आजकै दिन तात्कालिन राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट संविधान जारि भएको घोषणा गरेका थिए । संविधान जारि भएको ४ वर्ष पूरा भई पाँचौं बर्षमा प्रवेश गरेको छ ।

तर, जारी संविधानले सम्पुर्ण जनताको हक अधिकार समेट्न सकेन भन्दै बिरोध यथावत छ । सरकारले संविधान दिवसको अवसरमा घर घरमा दिपावली मनाउन अनुरोध गरेपनि धेरैले आजको दिनलाइृ कालो दिनका रुपमा स्मरण गरिरहेका छन् ।

संविधान जारि भएदेखि नै विभेदकारी संविधान बिरुद्ध मधेसवादी, आदिवासी जनजाति, दलित लगायतले असन्तुष्टी राख्दै संविधान संशोधन गरी सर्वस्विकार्य बनाउन सरकारसंग आग्रह गर्दै आएा छन् ।

दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीको टुंडिखेलमा विशेष समारोहको आयोजना गरि मनाइदै छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिती रहेको छ ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरिदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार