कैलालीमा १६ गतेबाट एक हप्ताका लागि निषेधाज्ञा जारी


धनगढी । सुदुरपश्चिम प्रदेशको कैलालीमा बैशाख १६ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना संक्रमण तीव्र रुपमा बढेपछि वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रशासनले जनाएको छ । भारतसँग सिमाना जोडिएको कैलालीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार