नेपाली चेलीले जितिन २५ हजार अमेरिकी डलरको पुरस्कार


काठमाडौ । एक नेपाली चेलीले २५ हजार अमेरिकी डलर राशीको पुरस्कार जितेकी छन् । नेपाली चेली सम्झना खनालले सन् २०१९ को भोकमरी र गरिबी बिरुद्धको २५ हजार अमेरिकी डलर राशीको युवा पुरस्कार जितेकी हुन ।

यो वर्ष यो पुरस्कारको लागि संसारभरिबाट ६ हजार पांच सयभन्दा बढि प्रतिस्पर्धीले भाग लिएका थिए ।जसमा सम्झाना यो पुरस्कार जित्न सफल भइन । यो पुरस्कार १८ देखि २९ वर्षभित्रका युवा प्रतिस्पर्धीमध्धे एक जनालाई दिने गरिन्छ ।

भोकमरी – एक इतिहास, भिजन, जसले संसारलाइ सन् २०५० भित्र कसरी भोकमरीरहित बनाउन सकिन्छ भन्ने बिषयको परिकल्पना गर्दछ त्यहि सोचको लागि सम्झना ले यो पुरस्कार हात पार्न सफल भएकी हुन ।

संयुक्त राष्ट्र बिकास कार्यक्रमका प्रतिनिधी निर्णायक मण्डल रहेको अवार्ड जुरीले चार चरण लगाएर उक्त पुरस्कारको बिजेता भएकी थिइन ।

जुन देश अथवा जुन जलवायुमा जे सम्भब छ, त्यसैको बृहत्तर उत्पादन गर्ने , महिलालाई बजार र उत्पादनसंग प्रत्यक्ष जोड्ने, समुहमा आधारित माइक्रो फाइनान्स संजाललाइ ग्रामिण भेगमा विस्तार गर्ने, गाउँको उत्पादन सहर बजार लगेर पैसा गाउँतिर डोर्याउने , दिगो विकास लक्ष्य भेट्टाउन गरिब मुलुकको जनताको जिबनमा बिज्ञानको प्रयोग र बिकाश कसरी गर्ने भन्ने जस्ता अरु थुप्रै भीजन भएको सोचपत्र, र अहिलेसम्म उनले कृषि क्षेत्र र महिला सशक्तिकरणमा गरेको नेतृत्वदायि कामको मुल्याकँन र सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको बिजेता सम्झनाले बताइन ।

सम्झना बिगत चार वर्षदेखि यिनै सोचमा आधारित भएर अनुसन्धान र प्रसारमा लागिपरेकी छन् । उनी हाल नेदरल्याण्ड सरकारको छात्रवृद्धि अन्तर्गत बागेनिगन बिश्वबिध्यालयमा कृषिमा स्नातकोत्तर गर्दै छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार