काठमाडौं । नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा प्रहरीले काठमाडौंको बौद्धस्थित नयाँवस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन ।
प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । नक्कली नोट छाप्ने गिराह नै हुन सक्ने भन्दै प्रहरीले बिशेष अनुसंन्धान गरिरहेको छ ।