
काठमाठौं । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आइबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेको थियो । ओली सरकारको हटाउन खोजिएपनि काँग्रेसले विरोध गर्दै आएको थियो ।
देउवा सरकारले प्रदेश १ मा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेशवर लाल ९कायस्थ०, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गा केशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको थियो ।
प्रदेश प्रमुख हटाइएको प्रति कांग्रेसको आपत्ति
सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनुले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको आरोप कांग्रेसको छ ।











