पोखरा । निकै महत्वका साथ हेरिएको कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराईले अग्रता लिएकी छन् । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणना अनुसार एउटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ मा विद्याले ३ हजार २ सय मत ल्याएकी छन् । भने उनका प्रतिद्धन्द्धि नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मत ल्याएका छन् ।
वडा नम्बर ३३ मा कूल ७ हजार ९ सय ९१ मतदातामध्ये ५ हजार ६ सय ४३ मत खसेको थियो । कास्कीमा अहिले २१ वडाको मत गणना जरी छ ।








