शिवरात्रीमा पशुपति आउने उपर्दा बाबाले यसपाली मन्दिरमै आगो लगाए


काठमाडौं । शिवरात्री पर्वकै दिन भव्यरुपमा मनाइने काठमाडौस्थित पशुपतिनाथ मन्दिर परिसरमा आगलागी भएको छ । मन्दिरको ठीक पुर्बपट्टी रहेको एक मन्दिरमा आगलागी भएको गौशला प्रहरीले जनाएको छ ।

भारतबाट आएका एकजना बाबा (साधु) ले मन्दिरभित्रै मुडां बालेर धुनी जगाएपछि आगो सल्कीएर मन्दिरमा आगलागी भएको हो ।

बालेको धुनीबाट मन्दिरका ढोका लगायतमा प्रयोग भएको काममा आगो सल्किदा मन्दिरबाट धुवाँको मुस्लो बाहिर आउन थालेपछि उद्धारका लागि तत्काल प्रहरी घटनास्थल पुगेका थिए । मन्दिरमा लागेको आगो नेपाल प्रहरीको विपद् सुरक्षाकर्मीहरुले झण्डै आधा घण्टापछि नियन्त्रणमा लिएका थिए ।

हरेक बर्ष हजारौंको संख्यामा शिवरात्रीको समयमा भारतबाट आउने जोगी, सन्त बाबाहरुले केहि न केहि उत्पात गरेकै हुन्छन् ।
यसबर्ष पनि शिवरात्रीका लागि भन्दै भारतबाट झन्डै ५ हजार साधु, बाबाहरु शिवरात्रीमा पशुपतिनाथ आएको जनाइएको छ ।

पशुपतिमा आएका सन्त, बाबाहरुले देखाउने हर्कत र अस्लिल अतिविधिका कारण दर्शनार्थी र सर्वसाधारणहरुले हैरानी बेहोर्दै आएका छन् ।
पैसा मागेर हैरान गर्ने देखि गाँजा चुरोट, चरेस बेच्नेसम्मको कार्य पुशपतिमा आउने बाबा, सन्तहरुले गर्ने गरेको गुनासो सुनिने गर्छ ।

साथै शिवरात्रीको समयमा पशुपतिमा सयौंको संख्यामा आउने नागा बाबाहरुका बारेमा समेत नेपाली समाजमा विरोध हुँदै आएको छ ।
अहिलेको सभ्य समाजमा पवित्र तिर्थस्थलमा कसैलाई नाँगै देख्नु कुनैपनि दृष्टिकोणबाट शोभनिय कार्य नभएको सर्वसाधारणको भनाइ छ ।
यस्ता लाजमर्दा गतिविधि रोक्न सम्बन्धित निकायलाई उनिहरुले आग्रह गर्दै आएका छन् ।

शिवरात्रीबारे भिडियो रिर्पोट पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार