नेपाल एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, धावनमार्गमा चिप्लियो


काठमाडौं । नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौबाट नेपालगञ्जका लागि उडेको विमान नेपालगंज एयरपोर्टमा अवतरणका क्रममा चिप्लिएर दुर्घटनाबाट जोगिएको हो ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा अवतरण गर्नेबेला दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।
घटनामा मानवीय क्षति भएको छैन । अहिले उद्दार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार