रौतहट । कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित आज अदालतमा मुद्दा दर्ता हुँदै छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज (सोमबार) दिउँसो आलमविरुद्ध रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागेको हो । प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरि...




