
इटाली । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढि पीडित इटालीमा ‘लकडाउन’ अवधि थप गरिएको छ । तीनसाता लकडाउन गर्दा पनि संक्रमण नियन्त्रणमा नआएपछि इटालीले ‘इस्टर’ अर्थात् अप्रिल १२ सम्म ‘लकडाउन’ अवधि थप गरेको हो ।
लकडाउन अवधि थप गरेपछि सरकारले देशैभरी अत्यावश्यकबाहेक कसैलाई पनि बाहिर निस्कन दिएको छैन । हरेक ठाँउमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ ।
महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट इटाली सबैभन्दा बढि पीडित छ । अहिलेसम्मको तथ्याङ अनुसार इटालीमा कोरोनाबाट मर्ने संख्याको विश्वमा सबैभन्दा बढि छ ।
विश्वस्वास्थ्य संगठनको अपडेट अनुसार हालसम्म इटालीमा कोरोनाबाट मर्ने संख्या ११ हजार ५ सय ९१ पुगेको छ । कोरोना संक्रमणबाट १ लाख १ हजार ७ सय ३९ जना संक्रमित छन् । जसमध्ये १४ हजार ६ सय २० जना निको भएका छन् ।
इटाली किन बढि प्रभावित ?
विश्वभर फैलिएको कोरोनाबाट इटाली किन सबैभन्दा बढि प्रभावित भनेर धेरैले प्रश्न गरिरहेका छन् । यस बिषयमा विभिन्न अनुसंन्धानहरु पनि भइरहेको खबरहरु आइरहेका छन् ।
इटाली देश आफैमा स्वास्थ्यको क्षेत्रमा विश्वमै सुविधा सम्पन्न मध्ये दोस्रो देश मानिन्छ । तर, पनि कोरोनाले उसलाई नराम्ररी गलाएको छ ।
समाचारमा जनाइए अनुसार कोरोनाले इटालीमा सबैभन्दा बढि मानविय क्षती हुनुको पछाडी त्यहाँका नागरिकको लापरवाही नै हो । त्यहाँका विभिन्न भुतmभोगी नागरिकले दिएको प्रतिकृया अनुसार जब कोरोना भाइरस चीनबाट तीर्वरुपमा विश्वभर फैलिदै थियो तब इटाली यसलाई खासै महत्व नदिई आफ्नै गतिमा चलिरहेको थियो ।
यसबारे सरकारले पनि खासै कुनै पुर्व तयारी गरिरहेको थिएन तन आफ्ना नागरिकलाई नै सचेत पारिरहेको थियो । खबरहरु सार्वजनिक भएअनुसार जब कोरोना इटालीमा ह्वात्तै बढ्यो तब सरकारले क्यारेन्टाइनमा राखेका हजारौं मानिसहरु त्यहाँबाट आफु खुशी भागे र परिस्थिती अनियन्त्रित भइदियो । जसको परिणाम आज इटालीले भोग्दैछ ।








