काठमाडौंमा ‘अर्जुन सुनाम सुमधुर साँझ’ हुँदै

काठमाडौं । लोकप्रिय गायक अर्जुन सुनामको ‘अर्जुन सुनाम सुमधुर साँझ’ हुने भएको छ । आगामी मंसिर ८ गतेदेखि काठमाडौंको राष्ट्रिय नाचघरमा गायक सुनामले आफ्ना लोकपृय एक दर्जन बढि गीत गाउने छन् ।

सरस्वती मिडिया फिल्मस्को आयोजना तथा सत्यावती कला केन्द्रको व्यवस्थापनमा हुन गइरहेको अर्जुन सुनाम सुमधुर एकल साँझमा अन्य अतिथि कलाकार समेत रहनेछन ।

सुनामको एकल साँझमा संगीता राना प्रधान, बीबी अनुरागी, रिमा गुरुङ होडा, शर्मिला गुरुङ, टिका पुन, जुनु रिजाल र चन्दा विश्वकर्मा, प्रेम अर्याल, सुनितामी परियार, प्रनिल तामाङ र पुष्पा बोहरा लगायतका अतिथि कलाकारहरु अर्जुनलाई गायनमा साथ दिनेछन् ।

गायक सुनामका तिम्रै झल्को लाउछ मेरी निरमाया, कहाँ पुग्यौ नेटो काटी मलाई ढाटी गाको मान्छे, सुर्खेतमा बुलबुलेमा ताल चौतारीमा भेट भयो यो साल, राम कसम, यस्ता दर्जनौं गीतहरु लोकपृय छन् ।

एकल साँझबारे जानकारी दिन आयोजित कार्यक्रममा कार्यक्रम संयोजक उदिराम खड्काले कार्यक्रमबाट संकलन भएको रकमको केही रकम रक्तक्यान्सर पीडित बिरामी पूर्णकुमार श्रेष्ठलाई प्रदान गरिने जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार